यी हुन् कन्जुस अर्बपति



संसारभरिका अर्बपतिहरु आफ्नो खर्चालुपन र बिलासी जिवनयापनका लागि जानिन्छन् । भारतीय अर्बपतिहरु मुकेश अम्बानी र लक्ष्मी मित्तल आफ्ना महंगा घरका लागि बिश्वभर चर्चित छन् । यी ब्यापारीहरु अर्बौं डलरको प्राइभेट प्लेनमा शयर गर्छन् । छोराछोरीको बिवाहमा कराडौं डलर खर्च गर्छन् । र, देश बिदेश घुमी पैसा पानी जस्तै बगाउँछन् ।

तर, केहि अर्बपति भने सारै कन्जुस छन् । उनीहरु आफ्नो कन्जुसीलाई लिएर बिश्वभर चर्चित छन् । यी अर्बपतिहरु एक पैसा पनि फजुल खर्च गर्दैनन् । पुरानो वा सेकेण्ड ह्याण्ड गाडी चढ्छन् । बर्षौं पुरानो घरमा बस्छन् । र, ड्राइभरको सट्टा आफैं गाडी हाँक्छन् । को छन् कन्जुस अर्बपति हेरौ ।

१. इंग्वार कैम्पमर्ड :

उनी फेमस स्विडिस कम्पनी आइकियाको मालिक हुन् । उनी सँग ६ अर्ब डलर बराबर सम्पत्ती छ । उनी अझै सेकेण्ड ह्याण्ड र पुरानो गाडी चढ्छन् । आफैं गाडी हाँक्छन् । उनी आफ्नो गाउँमा कन्जुस अंकलको नामले चर्चित छन् । कुनै समय उनको सम्पत्ती २६ अर्ब डलरसम्म पुगेको थियो ।

२. ग्यारी हार्भी :

उनी प्रसिद्ध अष्ट्रेलियाली ब्यापारी हुन् । उनी सँग ८७ करोड डलर बराबर सम्पत्ती छ । उनी नयाँ जुत्ता किन्न पनि २ महिनासम्म सोच्छन भनिन्छ । एकपटक उनले स्पीकिङ पोडियम (उभिएर भाषण गर्ने ठाउँ) बाट नोटप्याट समेत लिएर गएका थिए । उनले आफ्नो खर्च कटौती गर्न सो काम गरेको बताएका थिए ।


३. वारेन बफेट : संसारकै चर्चित सेयर लगानीकर्ता वारेन बफेट आर्को कन्जुस अर्बपति हुन् । उनको कुल सम्पत्ती ६० अर्ब डलर छ ।

उनी सँधैं सेकेण्ड ह्याण्ड गाडी किन्छन् । उनी कहिल्यै बिशेष खाना खाँदैनन् । ८० बर्षको भए पनि आफैं गाडी चलाउँछन् ।

सन् १९५८ मा ३१ हजार डलरमा किनेको घरमा नै अहिलेसम्म बसेका छन् । तर, परोपकारको सम्बन्धमा भने उनी निकै चर्चित छन् ।

४. जोन केडवालः

उनी चर्चित बेलायती ब्यापारी हुन् । उनको कुल सम्पत्ती २.४ अर्ब डलर छ । आफ्नो घरबाट १७ माइल टाढा रहेको कार्यालय उनी साइकलमा जान्छन् ।

उनी आफ्नो कपाल आफैं काट्छन् । यसले समयको बचत हुने उनको दाबी छ । आज पनि उनी सोरुमबाट सेलमा लागेका लुगामात्र किन्छन् ।


क्लिकमान्डु