एउटीलाई हेर्न गएको अर्की मनपर्यो



 

तपाई आस्तिक की नास्तिक ?
म नास्तिक पनि होइन तर आस्तिक भनेर पूर्णरुपमा त्यसैमा भर गरेर, त्यसैमा आधारित भएर चल्ने मानिस होइन । तथापी आस्तिक भन्नै रुचाउँछु ।

साथीहरुको नजरमा तपाईँ कतिको रमाइलो मानिस ?
मैले आफूलाई जेमा इन्जवोइ गर्न मन लाग्दछ, त्यसमा इन्जवोइ गर्दछु । तर अरुले कसरी लिन्छन् भन्ने उनीहरुको विषय हो ।

कसरी इन्जवोइ गर्नु हुन्छ ?

इन्जवोय गर्ने भनेको धेरै तरिका छ, म अलि बढि म्यूजिकमा रमाउँछु । नेपाली म्यूजिक सुन्दा रमाइलो रमाइलो लाग्छ । म अलिअलि बाध्यबादनका साधन बजाउँछु पनि, त्यसैलले सुन्नमा रमाइलो लाग्दछ । म नारायण गोपालको असाध्यै ठुलो फ्यान हो । नारायण गोपालको देहावसानपछि शवसँगै एकेडेमिदेखि आर्यघाटसम्म संगै गएको थिए । थुप्रै राष्ट्रिय गीत सुन्छु । नयाँ नेपाली कलारकारहरुको गीतपनि निकै राम्रा छन् ।

२०४६ सालमा नारायणघाटमा बिबाहकोलागी केटिहेर्न गएको थिए, एउटीलाई हेर्न जाँदा अर्कोसँग भेट भयो । त्यसपछि म डाइभर्ट भएर जसलाई हेर्न गएको थिएँ, उहाँलाई राम्ररी हेर्दापनि हेरीन ।

सबैभन्दा मनपरेको गीत कुन हो ?

नारायण गोपालको ‘यो सम्झिने मन छ’ भन्ने गित धेरै मन पर्छ । मलाई नारायण गोपालको अधिकांश गितहरु मन पर्छ । कुनै गित विशेष मुडमा सुनियो भने झनै मन पर्ने हुन्छ । रामकृष्ण ढकाल, भिमार्जुन आचार्यले गायको गित पनि असाध्यै मन पर्छ ।

‘यो सम्झिने मन छ’ नै किन मनपरेको ?

मैले कुनै घटनाक्रमले त्यो गित मनपराएको होइन ।

तपाईको बिबाह एरेन्ज की लभ ?

एरेन्ज नै हो । तर, मेरो म्यारिजको कथा रमाइलो छ । लामो हाँसो….

किन र ?

२०४६ सालमा नारायणघाटमा बिबाहकोलागी केटिहेर्न गएको थिए, एउटीलाई हेर्न जाँदा अर्कोसँग भेट भयो । त्यसपछि म डाइभर्ट भएर जसलाई हेर्न गएको थिएँ, उहाँलाई राम्ररी हेर्दापनि हेरीन । र, अर्कोसँग मेरो पछि कुराकानी भएर बिवाह भयो ।

देखेको कति समयपछि बिबाह गर्नुभयो ?
करिब ३/४ महिनापछि ।

बिचमा कुरा भएनन् ?
त्यो बेला ल्याण्डलाइन फोन थियो, त्यसैमा कुराकानी हुन्थ्यो । ति कुरा अहिले सम्झँदा आफैँ रोमाञ्चित हुन्छु । बिचमा दुई तीन पटक भेट्न चितवन गएँ । करिब महिनामा एकपटक भेट हुन्थ्यो ।

व्यवसायीक जीवनको सुरुवात कसरी भयो ?
पाल्पाबाट स्नातक सकेर मास्टर्स पढ्न काठमाडौं आएको हुँ । मास्र्टस सकेपछि सर्भिस गरेँ, सर्भिस छोडेर पछि बिजनेस गरेँ । बिजनेश सुरु गरेपछिमात्र बिवाह गरेँ । कृषि मन्त्रालयमा केहि समय काम गरेँ । त्यो बेला सातसय ३५ रुपैंया तलब थियो । अहिलेको स्ट्याण्डर्ड चार्टर बैंकमा कामगर्ने अफर आएको थियो, तर त्यता नगएर बिजनेस गर्न लागेँ ।

बिजनेशमा कसरी आउनु भयो ?
मेरो दाजु पनि बिजनेसमा हुनुहुन्थ्यो र अर्को एक जना दाजु पनि बिजनेसमा हुनुहुथ्यो । मैले नयाँ बिजनेस शुरु गर्नुपर्छ भन्ने लाग्यो । अनि मेरो रोजाइमा एक्सपोर्ट बिजनेस पर्यो । बिचमा व्यवसायमा ठूलो समस्या आयो । फ्यामिलीमा पनि यो हुँदैन की भन्ने डर थियो । त्यो बेला मास्टर्स गरेको मान्छे, जहाँ गएपनि जागिर पाइने थियो । जब मेरो बिजनेसले पिकअप लियो, तब सबै खुसी भए । अहिले भने ‘आई एम भेरि स्याटिस्फाईड ।’

पहिले त मैले तलब पनि हिसाब गर्थेँ । अहिले त्यसको हिसाब राखेको छैन । गत वर्ष म लसमा नै थिएन निकै कम कारोबार भएको थियो ।

निर्यात व्यवसाय नै रोज्नुको मुख्य कारण ?
पैसा त अरु बिजनेसबाट पनि कमाउँथे होला । मेरो काठको कामबाट पनि निकै राम्रो कमाई भईरहेको थियो तर मलाई अन्तर्राष्ट्रिय लिङ्क हुने व्यवसाय गर्नुपर्छ भन्ने थियो । आफूलाई एक्सपोजर पनि हुने, भोलीको लागि पनि राम्रो हुन्छ भन्ने लाग्यो ।

अहिले बेकारमा यो व्यवसायमा लागेछु भनेर पछुतो छैन ?
एकदुई पटक बिजनेसमा समस्या भयो । त्यतीबेला मैले गल्तीगरे भनेर बस्नु भन्दा कसरी करेक्सन गर्ने भन्ने सोचे । यो व्यवसायसँग मेरो कुनै गुनासो छैन । म संन्तुष्ट छु ।

कति लगानीबाट यो व्यवसाय सुरु गर्नु भयो, अहिले कस्तो छ ?
त्यसबेला करिब ५/६ लाखको लगानीमा शुरु गरेको हो । अहिले पश्मिनाको बिजनेस निकै डाउन भएको छ, अब बिस्तारै समस्या समाधान भईरहेको छ । मैले सामान दिने युकेको पार्टी २ वर्षदेखि समस्यामा थियो । टाइराइट कम्पनी लिक्वुडेसनमा गयो, जसलाई मैले सामान दिने गरेको थिए । त्यसको यूकेमा करिब ९० वटा शोरुम थियो तर एक्कासी लिक्वुडेसनमा गयो र मैले पनि थाहाँ पाईन् । जसले गर्दा समस्यामा परेँ । त्यो कम्पनीलाई अहिले अर्को कम्पनीले किन्यो तर मसँग सम्पर्क भएन । अहिले मेरो दुई नयाँ पार्टिसँग कामसँग भईरहेको छ र अब भने बिस्तारै बिजनेस बढ्छ ।

नयाँ पार्टी समाउनु भएछ, निर्यात कति पुर्याउने लक्ष्य लिनुभएको छ ?
राम्रो भयो भने अहिलेको सिक्वेनसले काम गर्यो भने २५/३० करोडको कारोबार होला ।

कामगरे बापत तलब कति लिनुहुन्छ ?
पहिले त मैले तलब पनि हिसाब गर्थेँ । अहिले त्यसको हिसाब राखेको छैन । गत वर्ष म लसमा नै थिएन निकै कम कारोबार भएको थियो ।

तपाईको व्यवसायमा लगानी कति छ ?
मेरो लगानी भनेको सबै बिजनेस फिस्क्ड क्यापिटल भन्दा वर्किंग क्यापिटलमा बढि छ । अहिले पनि म नयाँ बिजनेसमा जाँदैछु । रिइन्स्योरेन्स ब्रोकिंग कम्पनी दर्ता गरिसकेका छौं । यो काम शुरुवाती चरणमा मात्रै छ । त्यसको कानूनको पर्खाइमा छौं ।


क्लिकमान्डु