पृथ्वीको रक्षा गर्न भन्दै ८६ वर्षको उमेरमा सगरमाथा चढ्ने घोषणा !



काठमाडौं । आत्मविश्वास दृढ इच्छाशक्ति भएमा मानवका लागि असम्भव भन्ने केहि हुँदैन । यस्तै आत्मविश्वास र दृढ इच्छाशक्ति भएका मीनबहादुर शेरचन ८६ वर्षको उमेरमा सगरमाथा आरोहण गर्ने घोषणा गरेका छन् ।

विश्व शान्ति र पृथ्वीको रक्षाका लागि आउँदो अप्रिलको पहिलो साता सगरमाथाको आरोहण गर्ने घोषणा गरेका हुन् ।

‘विश्व शान्ति र पृथ्बीमाताको रक्षाका लागि म यो उमेरमा पनि सगरमाथा चढ्न लागेको हुँ,’ शेरचनले भने,- ‘मरेर हैन, सफलतापूर्वक चढेर आउने छु ।’

शेरचनले यसअघि सन् २००८ मा ७६ वर्षको उमेरमा सगरमाथाको सफतलापूर्वक आरोहण गरेका थिए । वृद्ध अवस्थामा सगरमाथा आरोहण गरेको भन्दै शेरचनको नाम गीनिज बुक अफ वर्ड रेकर्डमा लेखिएको थियो ।

७६ वर्षमा सगरमाथा चढेको शेरचनको रेकर्ड जापानी नागरिकले तोडेपछि उनी फेरि आफ्नो नाम लेखाउन सगरमाथा चढ्न हौसिएका हुन् ।

सगरमाथा चढ्ने घोषणा गर्न राजधानीमा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा शेरचनले आफूलाई उमेरले बुढो भए पनि जोस र जाँगर युवाको भन्दा कम नभएको जिकीर गरे ।

‘विश्व शान्ति र पृथ्बीमाताको रक्षाका लागि म यो उमेरमा पनि सगरमाथा चढ्न लागेको हुँ,’ शेरचनले भने,- ‘मरेर हैन, सफलतापूर्वक चढेर आउने छु ।’

जेष्ठ नागरिक समाजका सभापति रामकृष्ण कर्माचार्यले वृद्ध अवस्थामा शेरचनले देखाएको शाहस आम नेपाली युवाको प्रेरणाको स्रोत बन्ने बताए ।

शेरचनको सगरमाथा आरोहणका लागि करिब ९५ लाख रुपैयाँ लाग्ने आयोजकले जानकारी दिए । आरोहणका लागि लाग्ने आवश्यक आर्थिक रकम म्याग्दी प्रवासी नेपाली संघ, बेलायत गैरआवासीय संघ, बेलायत थकाली समाज, बेलायत मगर समाजलगायत अन्य संघ संस्थाबाट जुटाइएको बताइएको छ ।


पुष्प दुलाल