ग्लोबल आइएमई १५.७६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित




काठमाडौं । ग्लोबल आइएमई बैंकले लगानीकर्तालाई १५.७६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको १० औ साधारणसभाले बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ७ अर्ब २४ करोड २६ लाख रुपैयाँ पुग्ने छ ।

यस्तै बैंकको साधारणसभाले संस्थापक शेयरधनी समूहबाट चन्द्र प्रसाद ढकाल, सुहृदराज घिमिरे, पवन कुमार भिमसरिया र सर्वसाधारण शेयरधनीको तर्फबाट सुदर्शन कृष्ण श्रेष्ठ, सुमन पोखरेल, सुरज कुमार श्रेष्ठलाई संचालकमा निर्विरोधरुपमा निर्वाचित गरेको छ ।

बैंकको ८७ अर्ब निक्षेप, ७२ अर्ब कर्जा लगानी रहेको छ । यस्तै ९४ शाखा,१० वटा राजस्व संकलन काउन्टर,एउटा सिडिएससि काउन्टर,१ सय ६ ओटा एटिएम र ६ वटा एक्सटेन्सन काउन्टर रहेको छ ।


क्लिकमान्डु