काष्ठमण्डपको सेयर लिलामी चैत २२ देखि



काठमाडौं । काष्ठमण्डप बिकास बैंकले हकप्रदमा नबिकेका सर्वसाधारण समुहको सेयर चैत २२ गते मंगलबारबाट लिलामी गर्ने भएको छ ।

बैंकले २५ प्रतिशत हकप्रदमा नबिकेको १ लाख ७ हजार ६ सय १ कित्ता सेयर लिलामी गर्न लागेको हो । बैंकले गत पुसमा हकप्रद सेयर बिक्रि गरेको थियो ।

एनसिएम मर्चेन्ट इस्यु म्यानेजर रहेको यस लिलामीमा आगामी चैत २८ गतेसम्म आवेदन दिन पाइने छ ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म १० करोड १७ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । बैंक हाल कुमारी बैंकसँग १००ः८५ को अनुपातमा प्राप्तीमा जाँदैछ ।


क्लिकमान्डु