गरिमाको ७० प्रतिशत हकप्रद लिन चैत २९ सम्म सेयर लिनुपर्ने




काठमाडौं । गरिमा विकास बैैंकले जारी गर्न लागेको ७० प्रतिशत हकप्र्रदको लागि बुक क्लोज मिती तय गरेको छ ।

चैत २९ गतेसम्म सेयर किनेका सेयरधनीले मात्र ७० प्रतिशत हकप्रदमा आवेदन दिन पाउँनेछन् ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म १५ करोड ९५ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । हाल १ अर्ब २९ करोड रुपैंयाँ चुक्ता पुँजी रहेको बैंकको ७० प्रतिशत हकप्रद पछि चुक्ता पुँजी २ अर्ब १९ करोड पुग्ने छ । राष्ट्र बैंकले तोके बमोजिम २ अर्ब ५० करोड रुपैंयाँ पुँजी पुर्याउनको लागि बैंकले १३.८५ प्रतिशतले थप पुँजी बढाउन पर्नेछ ।


क्लिकमान्डु