गरिमाको हकप्रद बैशाख १२ देखि




काठमाडौं । गरिमा बिकास बैंकले आगामी बैशाख १२ गतेबाट हालको चुक्ता पुँजीको ७० प्रतिशतको हिसाबले ९० लाख ७६ हजार २ सय ९६ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ ।

बैंकले हकप्रदको लागि चैत ३० गते बुकक्लोज मिति घोषणा गरेको छ । चैत २९ गतेसम्म सेयर किन्नेले हकप्रदमा आवेदन दिन पाउँनेछन् ।

बैंकले एस क्यापिटललाई इस्यु म्यानेजर नियुक्त गरेको छ ।

इच्छुक लगानीकर्ताले एस क्यापिटल र एस बिकास बैंक, गरिमा बिकास बैंक, महालक्ष्मी बिकास बैंक र एक्सेल बिकास बैंकका शाखाहरुबाट आवेदन फारम लिन सक्नेछन् ।

गरिमाले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म १५ करोड ९५ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । हाल १ अर्ब २९ करोड चुक्ता पुँजी भएको बैंकको ७० प्रतिशत हकप्रद पछि २ अर्ब २० करोड पुग्नेछ । राष्ट्र बैंकले तोके बमोजिम २ अर्ब ५० करोड पुँजी पुर्याउन बैंकले पूँजी अझै १३.८५ प्रतिशतले बढाउनु पर्नेछ ।


क्लिकमान्डु