सानिमाको हकप्रद बैशाख १७ देखि



काठमाडौं । सानिमा बैंकले बैशाख १७ देखि हकप्रद सेयर जारी गर्ने भएको छ ।

बैंकले प्रति कित्ता एक सय रुपैयाँको दरले १ करोड ५९ लाख १७ हजार ६ सय १७ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रवन्धक सिबिआईएल क्यापिटलका अनुसार हकप्रद सेयर जेठ २१ सम्म भर्न सकिन्छ ।

हकप्रद जारी गरेपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ८९ करोड रुपैयाँ पुग्ने छ । हकप्रद सेयर सिबिआईएल क्यापिटल सहित सानिमा बैंकका शाखा कार्यालयबाट भर्न सकिने छ ।


क्लिकमान्डु