एशोसियट सदस्यमा गोल्छा समुहको प्यानलै विजय



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसियट तर्फ शेखर गोल्छा समुहको प्यानलनै विजयी भएको छ ।

गोल्छा समुहबाट उम्मेद्वारी दिएका १९ जना विजयी भएका हुन् । प्रधान समुहमा रहेका तीन जना पराजित भएका छन् ।

एशोसियट बाट महासंघको कार्यकारिणी सदस्यमा कृष्णप्रसाद दुलाल,प्रवलजंग पाण्डे,मंगलेष श्रेष्ठ,राजेशकुमार अग्रवाल,रामशरण थपिलया र आनन्द कुमार बगरिया अग्रवाल आएका छन् । अन्य अनुहार पुरानो हो । तीन जना सदस्यले छाड्न नमान्दा एशोसियटमा निर्वाचन भएको थियो । एशोसियटमा निर्वाचित भएका ज्ञानेन्द्रलाल प्रधान कोषाध्यक्षका उम्मेद्वार हुन् । निर्वाचित कार्यकारिणी सदस्यले कोषाध्यक्ष पद छान्ने प्रावधान रहेको छ ।

यी हुन् एशोसियटमा निर्वाचित कार्यकारिणी सदस्य 

अशोक कुमार टेमानी अशोक कुमार तोदी आनन्द कुमार अग्रवाल बगरिया ओमबहादुर राजभण्डारी कृष्णप्रसाद दुलाल गोपाल खनाल ज्वोत्ना श्रेष्ठ प्रवलजंग पाण्डे भरतराज आचार्य मनिषकुमार अग्रवाल मंगलेश श्रेष्ठ राजेशकुमार अग्रवाल राम शरण थपलिया रंजितराज आचार्य विजयसिंह वैद्य साहिल अग्रवाल सुनिल नारायण श्रेष्ठ सौरभ ज्वोति ज्ञानेन्द्रलाल प्रधान


क्लिकमान्डु