युनाईटेड मोदी हाइड्रोको आइपिओ बाँडफाँड



काठमाडौं । युनाईटेड मोदी हाइड्रोको आइपिओ बाँडफाँड भएको छ । ५ हजार देखि ३३ हजार रुपैंयाँसम्म आवेदन दिने लगानीकर्तालाई गोलाप्रथाबाट सेयर बाँडफाड गरिएको कम्पनीले जनाएको छ । उनीहरुले १० कित्ताको दरले सेयर पाउने भएका छन् ।

यसैगरि ३४ हजार रुपैयाँ देखि ५० हजार रुपैयाँसम्म दिनेलाई २.८० प्रतिशत र ५० हजार रुपैंयाँभन्दा बढि आवेदन दिनेलाई २.२४ प्रतिशतले सेयर बाँडिएको छ ।

कम्पनीले १७ लाख २५ हजार कित्ता सेयर मध्ये ३४ हजार ५ सय कित्ता सेयर कर्मचारीलाई र ८६ हजार २ सय ५० कित्ता सेयर म्युचलफण्डहरुका लागि छुट्याएको थियो । सर्वसाधारणलाई १६ लाख ४ हजार २ सय ५० कित्ता सेयर बाँडिएको थियो ।


क्लिकमान्डु