श्रीले भित्रायो नयाँ जहाज



काठमाडौं । हेलिकप्टर व्यवसायमा रहेको श्री एयरलाइन्सले उड्यन क्षेत्रमा जहाज व्यवसायमा हात हालेको छ ।

श्रीले एयरलाइन्सले ५० सीट क्षमताको जहाज भित्राएको छ ।

क्यानडामा निर्माण भएको क्यानडा एयरको डोमेस्टिक उडान भर्ने जेट इन्जिन भएको बम्वार्डियर सिआरजे– २०० मोडेलको सेकेन्डह्यान्ड जहाज ल्याइएको एयरलाइन्सले जानकारी दिएको छ ।
आन्तरिक हवाई सञ्जाललाई विस्तार र प्रतिस्पिर्धी वातावरण निमाणका जहाज थप गरेको एयरलाइन्सले जनाकारी दिएको छ । जहाज क्यानडाबाट जापान, चीन हुँदै नेपाल भित्राएकोे छ ।

एयरलाइन्सले उडानका लागि ६ वटा गन्तब्य पनि तय गरिसकेको छ । श्रीले काठमाडौंबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी तथा माउन्टेन फ्लाइट गर्ने छ । उड्यन क्षेत्रमा रुटमा धेरै प्रतिस्पर्धा छ ।

एयरलाइन्ससँग हाल, एमआई–१७ हेलिकोप्टर ६ वटा र चारवटा युरोकप्टर एएस ३५० विई ३ गरी कुल १० वटा हेलिकोप्टर रहेका छन् । कम्पनीले सन् १९९९ देखि हेलिकोप्टरले सेवा दिन सुरु गरेको हो। कम्पनीले गत मार्च महिनामात्र नेपाल नागरिक उड्ययन प्राधिकरणवाट एयरलइन्स थप गर्ने वा लिजमा लिएर चलाउनका लागि नो अब्जेक्सन लेटर पाएको थियो । कम्पनीले यी ३ वटा जहाज भित्राउनका लागि २ अर्ब रुपैयाँ खर्च गर्ने जानकारी दिएको छ ।


क्लिकमान्डु