सगरमाथा क्षेत्रको होटलमा आइएफसीको ४७ करोड लगानी



काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा होटल खोल्न लगानी गरेको छ ।

आइएफसीले खुम्बु क्षेत्रमा होटल सञ्चालन गर्नका लागि ४.७ मिलियन अमेरिकी डलर अर्थात् ४७ करोड नेपाली रुपैयाँ ऋण लगानी गरेको डिलस्ट्रिट एसिया डट कम अनलाइनले समाचार लेखेको छ ।

हिमालयन चेन रिसोर्ट प्रालिले सगरमाथा क्षेत्रमा होटल निर्माण गरिरहेको छ । निर्मार्णाधीन होटलमा आइएफसिले दीर्घकालीन ऋण लगानी गरेको हो ।

डिलस्ट्रिटका अनुसार हिमालयन चेन रिसोर्ट प्रालि एस्ट्रि समूहको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । सो कम्पनी नेपालमा पदयात्रा, पर्वतारोहण सम्धनी अनुसन्धान र अन्य पदयात्रा सम्बन्धि काम गर्दै आएको कम्पनी हो ।

आयोजनाको लागि आवश्यक बाँकी २५ करोड रुपैयाँ लगानी एस्ट्रिक समूहका सेयर लगानीकर्ताहरुले गर्ने भएका हुन् ।

हिमालयन चेन रिसोर्टले फाकडिङ, डिङबोचे, गोक्यो, डोले, मर्छेमो, नाम्चे, खुमजुङ लेबुचे गरि ८ क्षेत्रमा होटल बनाउन लागेको हो । एस्ट्रिक आङ छिरिङ शेर्पाको निजी कम्पनी हो ।


पुष्प दुलाल