यसरी गर्न सकिन्छ लाङटाङको पदयात्रा (फोटो फिचर)



काठमाडौं । काठमाडौंको कोलहाल, धुलोधुवाबाट केहि दिनको लागि मुक्ति चाहानेहरुको लागि उचित गन्तब्य बन्नसक्छ लाङटाङ । हिमाली पदयात्रामा तथा साहसिक सडक यात्रामा रमाउनेहरुको लागि अझै उत्कृष्ट गन्तब्य बन्नसक्छ ।

काठमाडौंको बालाजुबाट यात्रा सुरु गरेर ककनि, रानिपौवा, जुरेथुममा रेन्बो टा«उटको मजा लिँदै बिदुर बेत्रावती धुन्चे हुदै करिब ६/७ घण्टाको यात्रा पश्चात स्याफ्रुबेशी पुग्न सकिन्छ ।


स्याफ्रुबेशीदेखि करिब ७/८ घण्टा पैदल यात्रामा शेर्पा गाउँ पुगिन्छ । त्यहाबाट ७ घण्टाको यात्रामा लाङटाङ पुग्न सकिन्छ । लाङटाङ यात्राका क्रममा पहाड बाख्रा, खैरो लंगुर, चितुवा, मृग, हिउँ कुखुरा विभिन्न जातका चराचुरुङगी जस्ता जनाबर र विश्वमै दुर्लभ रातो पाण्डा पनि देख्ने मौका मिल्न सक्छ साथै विभिन्न किसिमका बनस्पितीहरु पनि अवलोकन गर्न सकिन्छ ।


पुष्प दुलाल