काठमाडौंबाट भारतको गोरखपुरसम्म अब सिधा हवाई सेवा सुरु हुने



काठमाडौं । काठमाडौंबाट अब गोरखपुरबीच सिधा हवाई उडान हुने भएको छ ।

भारतीय संचारमाध्यमका अनुसार एयर इन्डियाले गोरखपुरबाट काठमाडौंसम्म सिधा उडान सुरु गर्न लागेको हो । आगामी अगस्ट महिनासम्ममा एयर इन्डियाले गोरखपुरबाट काठमाडौं उडान भर्ने छ ।

अहिले गोरखपुर विमानस्थलमा सय जना यात्रुलाई मात्र बस्ने सुविधा छ । केही दिनभित्रमा ३ सय यात्रुलाई बस्ने सुविधा भएको टर्मिनल गोरखपुर विमानस्थलमा बन्दै छ ।

काठमाडौंबाट गोरखपुरसम्मको सिधा उडान सुरु भएपछि नेपाल भित्रने पर्यटकलाई सहजता हुने छ । गोरखपुरबाट काठमाडौं आउनको लागि अहिले १५ घण्टाको सडक यात्रा पार गरेर आउनुपर्छ । हवाई माध्यमको लागि कलकत्ता वा दिल्लीबाट आउनुपर्छ । जसको लागत महंगो हुन्छ ।


क्लिकमान्डु