बीमा गरेका कृषकले मात्र अनुदान पाउने



धादिङ । चैते धान खेती गर्ने कृषकलाई सरकारले अनुदान दिने भएकोले कृषकलाई बाली बीमा गर्न जिल्ला कृषि विकास कार्यालयले आग्रह गरेको छ ।

कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले बीमा गरेका कृषकलाई मात्र अनुदान दिन मिल्ने भएकाले चैते धानबाली खेती लगाएका कृषकले बाली बीमा गर्नुपर्नेमा जोड दिएका हुन् ।

वृहत्तर धान उत्पादन कार्यक्रम अन्तर्गत  एक सय हेक्टरका लागि सरकारले पाँच लाख रुपैयाँ अनुदान दिने भएको छ ।

कृषकले अनुदान प्राप्त गर्नका लागि चैते धान लगाएपछि धानबालीको बीमा गर्नुपर्नेमा हालसम्म कुनैपनि कृषकले सिफारिस लिन आएका छैनन ।

जिल्लामा धानबाली बीमा गर्दा कृषकले बीमा रकमको २५ प्रतिशत र सरकारले ७५ प्रतिशत दिने भएकोले सरकारले बीमाको रकम दिनका लागि जिल्ला कृषि विकास कार्यालयको फिारिस लिनुपर्ने हुन्छ ।

धादिङ जिल्लामा दुई हजार ५१५ हेक्टर जमिनमा चैते धान खेती गरिएको सो कार्यालयले जनाएको छ । अनुदान पाउनका लागि प्रति हेक्टर चार टन धान उत्पादन गर्नुपर्ने हुन्छ ।

धादिङबेँसीमा इन्सेकले आयोजना गरेको सेवा प्रदायक र सेवाग्राही बीचको अन्तक्र्रिया कार्यक्रममा कृषकले बीमा नगर्दा अनुदानसमेत नपाउने भएकोले आधारभूत कृषकसम्म सूचना पु¥याउने व्यवस्थाका लागि सेवाग्राहीले माग गरेका छन् ।


क्लिकमान्डु