घोडेटारमा पहिलो पटक बस सेवा



भोजपुर । घोडेटार सडकखण्डमा पहिलो पटक यात्रुवाहक बस सञ्चालनमा ल्याइएको छ । मङ्गलबार ४५ किलोमिटर दूरीमा पहिलो पटक यात्रुवाहक बस सञ्चालनमा ल्याइएको संयुक्त बस व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले जानकारी दिए।

बस पुगेपछि त्यहाँका स्थानीयवासीले अबिरजात्रा गरी स्वागत गरेका थिए । बस सञ्चालनमा आएपछि स्थानीय भने हर्षित भएका छन् । सोही सडकखण्डमा दैनिक एउटा बस सञ्चालन गरिनेसमेत अध्यक्ष मोक्तानले बताए। केही महिना अगाडि सञ्चालनमा ल्याउने भनिएको बस बेमौसमी वर्षाका कारण प्रभावित भएको थियो । रासस


क्लिकमान्डु