बैंकमा जागिर खाने मन छ, सिटिजन बैंकमा खुल्यो जागिर



काठमाडौं । सिटिजन बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले बुधवार सार्वजनिक सूचना प्रकाशित गरेर ब्रान्च म्यानेजर, अफिसर, जुनियर अफिसर पदमा केहि संख्यामा आवेदन माग गरेको हो ।

बैंकले काठमाडौं, बजाङ, बाराको (पथलैया र कोहल्वी), जिरीको चरिकोट, महोत्तरीको वर्दिवास र सरुवातको क्रममा रहेका मनाङको चामे, नवलपरासीको भुमही, मकवानपुरको मनहरी र पाल्पाको चाहराको लागि कर्मचारी आवश्यक रहेको जानकारी दिएको छ ।

व्यवस्थापन विषयमा स्नात्तक उत्र्तिण आवेदकले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । वाणिज्य बैंकमा ५ वर्षको अनुवभ वा सम्बन्धीत पदभन्दा एक तह मुनी एक वर्ष अनुभव हासिल गरेकाले आवेदन दिन सक्नेछन् ।

आवेदकले सिटीजन बैंकको वेव साइट www.ctznbank.com/career.php बाट अनलाइन फारम भर्न सक्नेछन् । आवेदकले मे ३ भित्रमा फारम भरि सक्नु पर्नेछ ।


क्लिकमान्डु