उच्च आर्थिक वृद्धिदर हासिल गरेको भन्दै अमेरिकामा नेपालको प्रसंसा



काठमाडौं । चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धि दर ६.५ हुने प्रक्षेपणको बिश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा प्रशंसा भएको छ ।

संयुक्त राज्य अमेरीकाको बासिंगटन डिसीमा भएको बैठकमा कोषका कार्यकारी निर्देशक एन्डिन ह्यादियान्तोले नेपालको नामै लिएर आर्थिक बृद्धिदर उच्च भएको भन्दै नेपालका अर्थमन्त्री र बैठकमा सहभागी नेपाली टोलीलाइ बधाइ दिएका थिए ।

नेपालको आर्थिक बिकासलाई अझ तीब्र पार्न सहयोग गर्न आइडिए १८ अन्तर्गतको सहयोग दोब्बर गरिने जानकारी दिए ।

बिश्व बैंकले अन्तर्राष्ट्रिय बिकास संस्था (आइडिए) कार्यक्रम अन्तर्गगत बिकासउ0 आर्थिक सहायता समन्वय महाशाखाक8B छ ।

यसले सन् २०१८ मा नेपालकोे आर्थिक बृद्धिदर उच्च पार्न सहयोग पुग्ने बैठकमा सहभागी अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले वताए ।

सोही बैठकमा सहभागी मलेसियाका अर्थमन्त्री जोहरी अब्दुल घारी र इण्डोनेसियाका अर्थमन्त्री मुल्यानी इन्द्रावतीले नेपाल राष्ट बैंकका गर्भनर डा. चिरञ्जिवी नेपाललाई नेपालको आर्थिक बृद्धिदर उच्च हुने अवस्थामा रहकोमा नेपालका अर्थमन्त्रीलाइ बधाइ सुनाइदिन भनेका थिए ।


पुष्प दुलाल