लैजाउ घुमाउँन मलाई ठमेल बजार, हिलो खेल्नलाई…




काठमाडौं । ‘लैजाउ घुमाउन मलाई ठमेल बजार
ट्याउसी चढाउँदै, लाइदिउँला चोखो पियार…’

भर्खरै रिलिज भएको लुट २ चलचित्रको यो गीत खुबै हिट भइरहेको छ । देशका कुनाकन्दरासम्म यो गीत नेपाली जनजिब्रोमा झुन्डिएको छ । बिदेशमा बस्ने नेपालीबीच पनि यो गीत चर्चित छ ।

काठमाडौंको ठमेल बजार बिदेशी पर्यटकको घुइचो हुने केन्द्र मानिन्छ । नेपाल आउँने विदेशी एक पटक ठमेल घुम्न चाहन्छ ।

ठमेलको अवस्थिति कस्तो छ ? यहाँका नेपालीको ब्यबहार कस्तो हुन्छ ? ठमेलमा के कस्ता बस्तु र सुबिधा उपलब्ध छन् भन्ने कुराले विदेशीले नेपालप्रतिको धारणा बनाउँछन् ।

तर ठमेल बजार माया पाउन होइन, हिलोमा चिप्लेटी खेल्न मिल्ने भएको छ । मेलम्चीको पानी वितरण गर्न भन्दै खनिएका सडक समयमै मर्मत सम्भार नहुँदा विदेशीसामु नेपालीको बेइज्जत हुने अबस्था सिर्जना भएको छ । बिहिबार साँझदेखि परेको पानीले ठमेल बजार अहिले कस्तो छ ? फोटामा हेर्नुस् ।


क्लिकमान्डु