ज्योति विकास बैंकको हकप्रद बैशाख २८ खुल्ला



काठमाडौं । ज्वोति विकास बैंकले बैशाखले बैशाख २८ देखि हकप्रद सेयर बिक्री खुल्ला गर्ने भएको छ ।

हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका अनुसार हकप्रद सेयर बैशाख २८ मा खुल्ला भएर जेठ ३१ मा बन्द हुने छ । ज्वोति विकास बैंकले अहिले कायम रहेको चुक्ता पुँजीमा सतप्रतिशत हकप्रद ल्याउन लागेको हो ।

बैशाख १३ सम्म सेयर खरिद गरेका सेयरधनीले ज्वोतिको सेयर किन्न पाउने छन् ।

सिदार्थ क्यापिटलका अनुसार हकप्रद सेयर ज्वोति विकास बैंकका शाखा कार्यालय र सिदार्थ क्यापिटलबाट भर्न सकिने छ । बैंकले राप्ती भेरी विकास बैंकलाई पनि गाभ्ने सम्झौता गरेको छ ।


क्लिकमान्डु