काठमाडौं आएको मुक्तिनाथले गर्यो यस्तो प्रगति



काठमाडौं । पोखराबाट काठमाडौं आएको मुक्तिनाथ विकास बैंकले तेस्रो त्रैमासिक अवधीमा ३५ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले अघिल्लो वर्षको भन्दा नाफामा ४५ प्रतिशत बृद्धि गरेको छ ।

१ अर्ब ५४ करोड चुक्ता पुँजी रहेको बैंकले चैत सम्म १५ अर्ब निक्षेप संकलन गरेको छ भने १४ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकले ब्याज आम्दानी मार्फत ७१ करोड रुपैयाँ कमाएको छ ।


क्लिकमान्डु