उपल्लो खिम्ती र अपर खिम्तीको सेयर बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट



काठमाडौं । उपल्लो खिम्ती जलविद्युत् आयोजना १२ मेगावाट र अपर खिम्ती ७ मेगावाट जलविद्युत आयोजनाको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त भएको छ ।

सम्झौतापत्रमा जलविद्युत कम्पनीका तर्फबाट हरिप्रसाद पाण्डे र नबिल इन्भेष्टमेन्टका तर्फबाट प्रविणरमण पराजुलीले सोमबार हस्ताक्षर गरे ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ९ लाख ९० हजार कित्ता छुट्ट्याएर १४ लाख ८५ हजार कित्ता सर्वसाधारणका लागि जारी गर्न लागेको हो । कूल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनामा नबिल बैकको अगुवाइमा एभरेष्ट, नेपाल र एस डेभलपमेन्ट बैकको २ अर्ब ३५ करोड ९० लाख रुपैयाँ ऋण लगानी छ ।

उपल्लो खिम्तीबाट २०७५ असारमा र अपर खिम्ती–२ को २०७५ असोजसम्म विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको सिभिल र हाइड्रो मेकानिकल निर्माण भइरहेको छ भने इलेक्ट्रो मेकानिकल तर्फको निर्माण गर्न जापानको तोसिभा कम्पनीसँग सम्झौता भएको छ ।


क्लिकमान्डु