जेठ १५ मा बजेट ल्याउन कुनै समस्या छैन : प्रमुख निर्वाचन आयुक्त यादव



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनमा मतदातालाई प्रभाव पार्नेगरी बजेट नल्याउन सरकारलाई आग्रह गरेका छन् ।

‘स्थानीय तह निर्वाचन’ को तयारीकाबारे आयोगद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले संवैधानिक व्यवस्थाअनुरुप जेठ १५ गते नै मुलुकको नियमित विकास र कार्यक्रमका रुपमा बजेट आउने हुँदा त्यसलाई रोक्ने उद्देश्य आयोगको नभएको बताए ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचन आचारसंहिता लागू भइसकेका हुनाले बजेटमा निर्वाचनलक्षित वा मतदातालाई प्रभाव पार्नेखालका कार्यक्रम समेटिनु नहुँने भन्दै उनले आफुहरुले सरकारलाई बजेटलाई अवरोध गर्न मिल्दैन भनेको र निर्वाचनलक्षित गरेर कार्यक्रम भने ल्याउन नपाइने बताए ।

उनले संविधान संशोधन गरेर भए पनि बजेटलाई असारमा ल्याउन आयोगले सरकारलाई सुझाव दिएको बताए ।

आयोग संविधान र कानुनअनुसार अघि बढेको छ, स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार संसद्मा क्रियाशील रहेका दलबाहेक अन्य दललाई दलीय आधारमा निर्वाचन चिह्न दिन नसक्ने आयोगको बाध्यता बुझिदिन उनले आग्रह गरे ।

आयोगले मधेस केन्द्रित छ दललाई नयाँ निर्वाचन चिह्न दिनसक्छ भनी पत्रकारको जिज्ञासामा प्रमुख निर्वाचन आयुक्त डा यादवले स्थानीय तहको निर्वाचनमा त्यो सम्भव नहुने स्पष्ट पारे ।


क्लिकमान्डु