पुँजी बढ्दा सिदार्थको इपिएस र प्रतिफल घट्यो



काठमाडौं । अघिल्लो वर्षको तुलनामा २१ प्रतिशत नाफा बढाएपनि सिदार्थ बैंकले प्रति सेयर आम्दानी(इपिएस) र पुँजीमा प्रतिफल(आरओई) घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकको इपिएस २४.३ रुपैयाँ छ । अघिल्लो वर्ष इपिएस ४२.९८ रुपैयाँ थियो । अघिल्लो वर्ष २३.१२ प्रतिशत रहेको आरओई यो वर्ष १८.८ प्रतिशतमा झरेको छ ।

मर्जर तथा बोनसबाट पुँजी बृद्धि गरेपनि सो अनुसारको प्रतिफल बैंकले दिन नसकेको देखिन्छ । बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार ९५ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको चैतमा बैंकको नाफा ७८ करोड थियो ।

बैंकले ब्याज आम्दानीबाट १ अर्ब ८६ करोड कमाएपनि ३७ करोड रुपैयाँ सम्भावित नोक्सानी व्यवस्थाको लागि छुट्याएको छ । ५ अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको ७५ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जा ६६ अर्ब रुपैयाँ रहेको छ ।


क्लिकमान्डु