कांग्रेसको चुनावी घोषणापत्रः एक घर, एक रोजगारीदेखि वृद्ध भत्ता वृद्धिसम्म



काठमाडौं । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार चुनावी घोषणापत्र सार्वजानिक गर्दैछन् । देउवाले पार्टी मुख्यालय सानेपाबाट आज दिउसो आर्थिक समृद्धी, सामाजिक प्रगति, पूर्वाधार विस्तार, सुशासन प्रत्याभुतीको संकल्पसहितको घोषणापत्र सार्वजानिक गर्न लागेका हुन् ।

तीन खण्डमा बाँडिएको घोषणापत्रमा कांग्रेसको राजनीतिक पृष्ठभुमी, ऐतिहासिक विरासत र उपलव्धी र स्थानिय सरकार र हाम्रो संकल्प भनेर उल्लेख गरिएको छ ।

जल, जमीन, जंगल, जडिवुटी र जलाधारः स्थानीय जनताको समृद्धिको आधार लाई नारा मात्र हैन व्यवहारमा उतार्ने काँग्रेसले जनाएको छ ।

पहिलो खण्डमा स्थानिय स्वायत्त शासन समसामयिक राजनीति र अबको एजेण्डा लगायतका विषय बस्तु समेटिएको छ । दोस्रो खण्डमा नेपाली काँग्रेसले विगतमा पुर्‍याएको योगदानको चर्चा गरिएको छ ।

राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनको संवाहकको रुपमा काँग्रेसले पुर्‍याएको योगदान, सामाजिक परिवर्तनको प्रेरक काँग्रेसले लोकतान्त्रि समाजवाद र आर्थिक विकासको अभियन्ताको रुपमा गरेको योगदानलाई सम्झाउने प्रयास भएको छ ।

तेस्रो खण्डमा स्थानिय सरकार र हाम्रो संकल्प शिर्षकमा काँग्रेसले आर्थिक समृद्धी, सामाजिक प्रगति, पूर्वाधार विस्तार, वन वातावरण संरक्षण र सुशासन प्रत्याभुतीको संकल्प पेश गरेको छ ।
त्यसैगरी, प्रजातन्त्र पूनर्प्राप्तिपछिको २५ बर्षमा काँग्रेस नेतृत्वमा भएका नीतिगत सुधारको प्रतिफल, अबको १० बर्षमा नेपाल कस्तो हुनेछ भन्ने झलक पनि काँग्रेसले घोषणापत्रमा पेश गरेको छ ।

काँग्रेसको परिकल्पनाको स्थानिय सरकार कस्तो हुनेछ भन्ने कुरालाई पनि काँग्रेसले घोषणापत्र मार्फत मतदाताहरुलाई बुझाउने प्रयास गरेको छ । ५२ पेजमा समेटिएको घोषणापत्रमा नेपालको संविधानमा उल्लेख भएका स्थानिय सरकारको अधिकारको बारेमा पनि समेटिएको छ ।

नेपाली कांग्रेसले गाउँ र नगरका युवाहरुलाई प्रोत्साहन दिई स्वरोजगारको प्रवद्र्धन गर्न एक ‘युवा उद्यम चुनौती कोष’ को कार्यान्वयन गर्ने घोषणापत्रका उल्लेख गरेको छ ।

जल, जमीन, जंगल, जडिवुटी र जलाधारः स्थानीय जनताको समृद्धिको आधार लाई नारा मात्र हैन व्यवहारमा उतार्ने काँग्रेसले जनाएको छ । काँग्रेसले स्थानिय तहको चुनावको लागि केहि नारा पनि तय गरेको छ ।

काँग्रेसले भनेको छ,- ‘मतदान गर्दा द्वेष होइन, मित्रता रोजौं, समाजको विभाजन होइन, एकता रोजौं, अतिवाद होइन, समृद्धि र मध्यमार्ग रोजौं, शान्ति, लोकतन्त्र र नेपाली कांग्रेस रोजौं ।’

#कांग्रेस #स्थानीयनिर्वाचन #घोषणापत्र


पुष्प दुलाल