गुहेश्वरी मर्चेन्टले ल्याउने भयो ४० प्रतिशत हकप्रद



काठमाडौं । गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर ल्याउने छ ।

फाइनान्सको संचालक समितिले ४० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव पारित गरेको हो ।अहिले फाइनान्सको चुक्ता पुँजी ४९ करोड रुपैयाँ रहेको छ ।

फाइनान्सले पुस मसान्तसम्ममा ३ करोड नाफा गरेको थियो ।  राष्ट्रिय स्तरको फाइनान्स कम्पनीको लागि चुक्ता पुँजी ८० करोड तोकिएको छ । हकप्रदपछि फाइनान्सको चुक्ता पुँजी करिब ७० करोड रुपैयाँ पुग्ने छ ।


क्लिकमान्डु