लक्ष्मीले ल्याउने भयो एक अर्बको सामुहिक लगानी कोष



काठमाडौं । लक्ष्मी इक्वीटी फण्डले आगामी बैशाख २२ गते देखि १० करोड कित्ता सेयर जारी गर्ने भएको छ । १० रुपैंयाँ प्रति सेयरको दरले जारी गर्न लागेको यस म्युचल फण्डको कुल निष्काशन रकम १ अर्ब रुपैंयाँको हुनेछ ।

लक्ष्मी इक्वीटी फण्ड ७ बर्षिय ‘क्लोज इण्ड’ म्युचल फण्ड स्किम हुनेछ । यस म्युचल फण्डको ब्यवस्थापन लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ ।

आवेदन चाँडोमा बैशाख २६ गते र ढिलोमा जेठ ५ गते बन्द हुने कम्पनीले जनाएको छ ।

इच्छुक लगानीकर्ताले १० रुपैंयाँ प्रति कित्ताको दरले न्यूनतम १०० कित्ता र बढिमा १ करोड कित्तासम्म आवेदन दिन सक्नेछन् ।

म्युचल फण्डले १ करोड ५० लाख कित्ता लक्ष्मी बैंकलाई छुट्याएको छ भने बाँकी ८ करोड ५० लाख कित्ता सेयर सर्वुसाधारणलाई छुट्याएको छ ।

निष्काशनको इस्यु म्यानेजर लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

यसअघि पनि लक्ष्मी क्यापिटलले लक्ष्मी भ्यालु फण्ड—१ जारी गरिसकेको छ । सो म्युचल फण्को हाल ‘नेट एसेट भ्यालु’ ११.५५ रुपैंयाँ रहेको छ भने अन्तिम कारोबार रकम १२.७५ रुपैंयाँ रहेको छ ।
हाल नेप्सेमा १० म्युचल फण्ड सूचिकृत छन् ।


क्लिकमान्डु