सिटिजन्स बैंकमा आस्वाको शुल्क २५ रुपैयाँ मात्र




काठमाडौं । सिटिजन्स बैंकले आस्वा प्रणाली प्रयोगमा सेवाग्राहीसँग २५ रुपैयाँमात्र शुल्क लिने घोषणा गरेको छ ।

बैंकले प्रेस विज्ञप्ती जारी गर्दै आइपिओ र एफपिओ निष्कासनको बैंक मार्फत आस्वा प्रणालीबाट आवेदन गर्दा २५ रुपैयाँ मात्र लिने जनाएको छ । धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थालाई आस्वा प्रणालीमा बढीमा एक सय रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरेको छ ।

अधित्तम शुल्क एक सय रुपैयाँ लिन पाउने व्यवस्था भएपनि सिटिजन्सले शुल्कमा ठूलो मात्रामा कटौती गरेको घोषणा गरेको हो । आस्वा प्रणालीमा आवेदन गर्दा लाइन लागेर सेयर भर्न पर्दैन आस्वा सदस्य पाएका बैंक तथा वित्तीय संस्थाबाट भर्न सकिन्छ ।


क्लिकमान्डु