योगगुरु रामदेवको जुश भारतीय सेनामा प्रतिबन्ध



नयाँ दिल्ली । भारतीय सेनाको क्याटिन स्टोर डिपार्टमेन्ट(सीएसडी)ले योग गुरु रामदेवको कम्पनी पतन्जलीले उत्पादन गर्ने अमलाको जुश प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

सीएसडीले प्रतिबन्ध लगाउने निर्णय एउटा सरकारी निकायबाट अमलाको जुस स्वास्थ्यको लागि प्रतिकुल भएको रिपोर्टको आधारमा लगाएको बताएको छ ।

सीएसडीले ३ अप्रिलमा पत्र लेख्दै सबै डिपोलाई स्टकमा भएको अमलाको जुसको फर्काउन भनेको छ । पतन्जलीले आफ्नो कम्पनीको उत्पादन अरु बहुराष्ट्रिय भन्दा गुणस्तरको भएको बताउदै आएको छ ।

योसँग सरोकार राख्ने सरकारी अधिकारीले यसको विषयमा कलकत्ताको सरकारी जाँच ऐजेन्सीमा अनुसन्धान भएको बताएका छन् । इकोनोमिक्स टाइम्सबाट


क्लिकमान्डु