अब टेलिकमबाट सरकारी वेबसाइट खोल्दा पैसा नलाग्ने



काठमाडौं । नेपाल टेलिकमबाट सरकारी वेबसाइट खोल्न पैसा नलाग्ने भएको छ । टेलिकमले २०७४ बैशाख १ गतेबाट लागु हुने गरि सरकारी वेबसाइट खोल्दा पैसा नलाग्ने व्यवस्था गरेको हो ।

आम मानिसहरुले सहज र सरल ढंगले राज्यका सूचना प्राप्त गर्न सकुन भन्ने उद्देश्यले सरकारी साइट निशुल्क गरिएको टेलिकमा प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले मंगबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

‘सरकारी डोमिन जिओभी डट एनपीका ५ सय ५० साइट टेलिकमका जीएसएम मोबाइलबाट निशुल्क उपयोग गर्न सकिन्छ, यसअघि टेलिकमको डोमिन मात्र निशुल्क थियो,’ राजभण्डारीले भनिन् ।

निशुल्क हेर्न सकिने सरकारी वेव साइटको सूची टेलिकमको वेबसाइटमा उपलब्ध भएको टेलिकमले जानकारी दिएको छ ।


पुष्प दुलाल