यस वर्ष गहुँ उत्पादनमा कमी, क्षेत्रफल घट्नु र असिना पानी कारक



कलैया । यस वर्ष जिल्लामा गत वर्षको तुलनामा गहुँ उत्पादनमा कमी आएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ २४ हजार ८२१ मेट्रिक टन कम उत्पादन भएको छ ।

यस वर्ष गहुँ लगाएको क्षेत्रफल घटेका कारण तथा समय समयमा असिना पानी परेकाले उत्पादनमा कमी आएको हो । आव २०७३/७४ मा कृषकले नेपाल जातको २९७ हेक्टरमा, विजय, भृकुटी, आदित्य, जातको कुल २८ हजार ९०० हेक्टरमा गहुँखेती गर्दा एक अर्ब ६४ करोड ८१ लाख १६ हजार रुपैयाँ बराबरको ५७ हजार ८२९ मेट्रिक टन गहुँ उत्पादन भएको कार्यालय प्रमुख शिवरत्न साहले जानकारी दिए ।

अहिले गहुँको बजार मूल्य प्रतिक्विन्टल दुई हजार ८५० रुपैयाँदेखि दुई हजार ९५० रुपैयाँसम्म रहेको छ । आव २०७२/७३ मा २९ हजार हेक्टरमा प्रतिहेक्टर २.८५ मेट्रिक टनका दरले ८२ हजार ६५० मेट्रिक टन गहुँ उत्पादन भएको कार्यालयले जनाएको छ ।


क्लिकमान्डु