अर्गानिक वाइन उत्पादन सुरु, वार्षिक एक लाख ५० हजार लिटर उत्पादन लक्ष्य



काठमाडौँ । नेपाली बजारमा पछिल्ला वर्षहरुमा नेपालमै हल्का अल्कोहलयुक्त पेयपदार्थ वाइनको उत्पादन र बिक्री बढ्दै गएको पाइएको छ ।

नेपाली रैथाने फलफूलको प्रयोग गरी यस्ता उत्पादन हुने गरेको सम्बन्धित उत्पादकहरुले बताएका छन् ।

काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा रहेको टिस्टुङ, पालुङमा आठ करोड रुपैयाँको लागतमा स्थानीय जातका नास्पाती र आरुबखडाको प्रयोग गरी अन्तर्राष्ट्रिय मापदण्डको अर्गानिक वाइन उत्पादन गर्ने उद्योग स्थापना भएको छ । सो उद्योगले वार्षिक करिब एक लाख ५० हजार लिटर वाइन उत्पादन गर्ने लक्ष्य राखेको छ ।

सेतो र रातो रङमा उपलब्ध यो वाइन हाल नेपाली बजारमा उपलब्ध हुन थालेको छ । चाँडै हङ्कङ, जापान र जर्मनीमा निकासी गर्ने लक्ष्य रहेको वाइन उत्पादक कम्पनी मितराङ भाइनयार्ड एन्ड वाइनरीले जनाएको छ ।

कम्पनीका प्रमुख डा तोरण शर्माले टिस्टुङ, पालुङ र बज्रबाराहीका किसानले उत्पादन गरेको नास्पाती र आरुबखडा प्रयोग गरिएकाले स्थानीयवासीको आय वृद्धि गर्न र रोजगारी बढाउन उद्योगले सघाउ पुर्याएको बताए। उनले भने, ‘किसान नास्पातीका बोट मास्ने स्थितिमा पुगेका थिए, अब त्यहाँ उत्पादित सबै नास्पाती हाम्रो उद्योगले किनिदिनेछ ।’


क्लिकमान्डु