चोकोफन अन्तराष्ट्रिय अर्वाडबाट सम्मानित



काठमाडौं । लक्ष्मी ग्रुपको भातृ संस्था सुजल फुड्स प्रा. लि अन्तर्गतको चकलेट ब्राण्ड ‘चोकोफन’ विश्वमै प्रतिष्ठित डिएलजी अवार्डबाट सम्मानित भएको छ । विश्व प्रतिष्ठित डिएलजी सिल्भर अवार्डबाट सम्मानित हुने भनेको चोकोफनको क्वालिटि अन्तराष्ट्रिय रुपमा प्रमाणित भएको कम्पनीले जानकारी दिएको छ ।

डिएलजी अवार्ड जर्मनीद्वारा प्रदान गरिने एक वार्षिक अवार्ड हो । जुन सेनसरी परिक्षण पछि योग्य ठहरिएको र डिएजीको कडा गुणस्तर मापदण्ड पूरा गर्ने “फुड एण्ड बेभरेज”लाई मात्र प्रदान गरिन्छ । वर्षेनी विश्वभरका २७ हजार भन्दा बढि ब्राण्ड तथा प्रोडक्टहरु यस अवार्डको प्राप्तिका निम्ति प्रतिस्पर्धा गर्ने कम्पनीले जानकारी दिएको छ ।

चोकोफनले आफ्नो ३ तहको क्रन्ची–क्रिस्पी वेफर, चकलेट क्रिमतथा स्वादिलो वाक्लो चकलेटमार्पmत नेपालमा स्वादकापारखीहरुलाई गुणस्तरीय मिठासको प्रस्तुतीदिँदै आइरहेको छ । सन् १९९९ मा ५ रुपैयाँको मूल्यबाट प्रथम पटक चोकोफन बजारमा आएको थियो ।


पुष्प दुलाल