नौ महिनामा एनबी बैंकले ८३ करोड कमायो



काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ८२ करोड ७६ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । अघिल्लो बर्षको यसै अवधिमा बैंकले ७० करोड रुपैंयाँ खुद नाफा कमाएको थियो ।

बैंकले निक्षेप ३८ अर्ब ५३ करोड रुपैंयाँ गरेको छ । गत आर्थिक बर्षको कुल निक्षेप ३५ करोड ८१ लाख रुपैंयाँ थियो । बैंकले खुद ब्याज आम्दानी १ अर्ब ८ करोड रुपैंयाँ गरेको छ । बैंकले चुक्ता पूँजी गत बर्षको ३ अर्ब रुपैंयाँबाट ५ अर्ब ५१ करोड रुपैंयाँ पुर्याएको छ ।

बैंकको खराब कर्जा गत बर्षको १.६३ प्रतिशतको तुलनामा १.०१ प्रतिशतमा झरेको छ । हाल बैंकको प्रति सेयर आम्दानी २८ रुपैंयाँ रहेको छ ।

तर, बैंकले ८० प्रतिशत हकप्रद जारी गर्दै गरेको सन्दर्भमा भने यो विवरणमा धेरै सुधार गर्नुपर्ने देखिन्छ ।


पुष्प दुलाल