अमेरिकी वित्तमन्त्रीद्वारा कम्पनी कर ३५ प्रतिशतबाट घटाएर १५ प्रतिशत बनाउन सल्लाह



वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमको प्रशासनले कम्पनी करलाई ३५ प्रतिशतबाट घटाई १५ प्रतिशत बनाउने प्रस्ताव ल्याउन राष्ट्रपतिलाई सल्लाह दिएको अमेरिकी वित्तमन्त्री स्टेभन मनुचिनले जानकारी दिएका छन् ।

विगत एक दुई दिनयता कम्पनी करलाई १५ प्रतिशत बनाउने विषयमा दबाब आइरहेको थियो र प्रशासनले यसलाई केही दिनभित्र प्रस्तावका रुपमा ल्याउने अर्थमन्त्रीले बताएका छन् ।

“मैले यो प्रष्ट गर्दैछु कि, अब व्यवसायिक करलाई १५ प्रतिशतमा झारिनेछ,” मनुचिनले कर योजना सम्बन्धमा भएको छलफल र निर्णयबारे जानकारी दिए । तर यो प्रस्ताव अमेरिकी कङ्ग्रेसबाट पास हुनुपर्नेछ ।


क्लिकमान्डु