आइतबारदेखि बन्द विमानस्थल भन्सार खुल्यो



काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (टिआइए) भन्सार बुधबारदेखि पुनःसंचालनमा आएको छ । टिआइए भन्सारबाट हुने कार्गो प्रबन्ध शुल्क हजार प्रतिशतले वृद्धि गरिएको भन्दै आयातकर्ता तथा निर्यातकर्ताले आइतबारदेखि भन्सार ठप्प पारेका थिए ।

नेपाल फ्रेड फवार्ड एसोसिएसनका महासचिव सुमन दाहालका अनुसार नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले लिमिटेडले काग्र्रो प्रबन्ध शुल्क वृद्धि फिर्ता लिएकाले भन्सार पुनः संचालनमा आएको जानकारी दिए ।

‘पारवहन कम्पनीले साबिककै मूल्यमा कार्गो प्रबन्ध शुल्क लिने भएकाले भन्सारबाट आयात–निर्यात पुनःसुरु भएको हो,’ दाहालले क्लिकमाण्डूसँग भने ।

पारवहन कम्पनीले असार ३१ गतेसम्मका लागि प्रबन्ध शुल्क साबिककै मूल्य कायम गर्ने निर्णय गरेको दाहालले जानकारी दिए ।

‘पारवहन कम्पनीले हामीलाई असार मसान्तसम्मको समय दिएको छ, उक्त समय भित्रमा हामी नियमावली संसोधन गर्न उपयोग गर्ने छौं,’ दाहालले भने ।

पारवहन कम्पनीले नियमावली अनुसार शुल्क वृद्धि गरिको बताउँदै आएको छ ।

आयात निर्यात कति हुन्छ ?

भन्सारबाट मासिक १२ देखि १३ टन नियात हुन्छ र ३२ देखि ३८ टन आयात हुने महासचिव दाहालले जानकारी दिए ।

शुल्क कति हो ?

पारवहन कम्पीनले शुल्क वृद्धि गर्नु पूर्व २ सय ८० रुपैयाँ पर टन र शुल्क वृद्धिसँग पर टनको मुल्य २ हजार ८ सय ५० गरिएको दाहालले जानकारी दिए । हाल २ सय ८० रुपैयाँ पुन काम गरिएको छ ।


क्लिकमान्डु