कुन युनिभर्सिटीले कति अर्बपति जन्माए ?



काठमाडौं । सामान्यतः अर्बपतिहरुले औपचारिक शिक्षा लिएका हुँदैनन् भन्ने आम बुझाइ छ । बिल गेट्स, स्टिभ जब्स मार्क जुकरबर्ग जस्ता बिश्व बिख्यात अर्बपतिहरु कलेज ‘ड्रपआउट’ भएका कारण आम मानिसहरुमा यस्तो छाप परेको हुनसक्छ ।

यद्यपि तथ्यले भने यस्तो बझाइको पुष्टि गर्दैन । गो कम्पेयर नामक एक कम्पनीले गरेको अध्ययनले फोर्ब्समा सूचिकृतमध्ये ७६ प्रतिशत अर्बपतिहरुसँग डिग्री छ । डिग्री भएकामध्ये ४२ प्रतिशतसँग स्नातक तहको, २६ प्रतिशतसँग स्नातकोत्तर तहको, २१ प्रतिशतसँग एमबिए र ११ प्रतिशतसँग बिद्यावारिधी तहको डिग्री छ ।

सबैभन्दा धेरै अर्बपतिहरु जन्माउने सूचिमा युनिर्भसिटि अफ पेन्सलभेनिया पहिलो नम्बरमा छ ।

अर्बपतिहरुले धेरै रुचाएका बिषयहरु भने अर्थशास्त्र र इन्जिनियरिङसँग सम्बन्धित छन् । साथै धेरैले विज्ञान पनि रुचाएको देखियो । कला र मानविकिमा भने अर्बपतिहरुको खासै रुचि देखिएन ।

अब प्रश्न आउँछ अर्बपतिहरुले कुन बिश्वबिद्यालय रोज्छन् ? वा भनौ, संसारमा सबैभन्दा धेरै अर्बपतिहरु उत्पादन गर्ने बिश्वविद्यालयहरु कुन कुन हुन् ?

धेरै अर्बपतिहरु उत्पादन गर्ने बिश्वबिद्यालयहरुको सूचिमा अमेरिकी बिश्वबिद्यालयहरुको दबदबा रहेको छ ।

कुन युनिभर्सिटीले कति अर्बपति जन्माए ?

१. युनिर्भसिटि अफ पेन्सलभेनिया- २५
२. हार्वड युनिर्भसिटि- २२
३. येल युनिर्भसिटि- २०
४. युनिर्भसिटि अफ सर्दन क्यालिर्फोनिया- १६
५. प्रिन्सटन युनिर्भसिटि- १४
६. स्ट्यान्फोर्ड युनिर्भसिटि- १४
७. कर्नेल युनिर्भसिटि- १४
८. युनिर्भसिटि अफ र्बक्ली- १२
९. युनिर्भसिटि अफ मुम्बइ- १२
१०. लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्स- ११

धेरै अर्बपतिहरु उत्पादन गर्ने बिश्वबिद्यालयहरुको सूचिमा बिश्वका उत्कृष्ट बिश्वबिद्यालयहरुकै बाहुल्यता रहेको छ । सबैभन्दा धेरै अर्बपतिहरु जन्माउने सूचिमा युनिर्भसिटि अफ पेन्सलभेनिया पहिलो नम्बरमा छ ।

सेयर बादशाह वारेन बफेट, हालका अमेरिकी राष्ट्रपति एवं अर्बपति डोनाल्ड ट्रम्प लगायत अर्बपतिहरु युनिर्भसिटि अफ पेन्सलभेनियाका उत्पादनहरु हुन् ।

त्यस्तै अध्ययन पुरा नगरे पनि बिल गेट्स, मार्क जुकरबर्ग जस्ता अर्बपतिहरु हार्वड बिश्वबिद्यालयका उत्पादन हुन् । मार्कले फेसबुकको परिकल्पना एवं निमार्ण हार्वड पढ्दा नै गरेका थिए ।

भारतको युनिर्भसिटि अफ मुम्बई पनि अर्बपतिहरु उत्वादन गर्ने बिश्वबिद्यालयहरुको सूचिमा ९ औं स्थानमा रहेको छ ।

मुम्बईले हालसम्म १२ जना अर्बपहिरु उत्पादन गरिसकेको छ । इन्फोसिस्का अजिम प्रेमजी मुम्बई कै उत्वादन हुन् । उनीसँग हाल १६ अर्ब डलर हाराहारी सम्पत्ती छ । त्यस्तै धिरुभाई अम्बानीका दुई भाइ छोरा अनिल र मुकेश पनि युनिर्भसिटि अफ मुम्बइ कै उत्पादन हुन् ।

३१ अर्ब डलरका मालिक मुकेश हाल भारतकै सबैभन्दा धनी ब्यक्ति हुन् । उनका भाई अनिलसँग भने २.५ अर्ब डलरको सम्पत्ति छ ।

यस्तै अमेरिकी र भारतीय बिश्वबिद्यालयका अलावा अर्बपतिहरु उत्पादन गर्ने बिश्वबिद्यालयहरुको सूचिमा बेलायती बिश्वबिद्यालय पनि परेको छ ।

१०औं स्थानमा परेको लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्सले ११ जना अर्बपतिहरु उत्पादन गरिसकेको छ ।

नेपालका एकमात्र फोर्ब्समा सूचिकृत अर्बपति एवं चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले भने बिश्वबिद्यालय तहको अध्ययन गर्दा गर्दै व्यवसायतिर लागे । चौधरीले विद्यालय तहको शिक्षा भने भक्तपुर सानोठिमिको डिएमपिएस स्कुलबाट पुरा गरेका हुन् ।


पुष्प दुलाल