प्रधानन्यायधीस शुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता



काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायधी सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोगको प्रस्ताब दर्ता गरेका छन् ।

प्रहरी महानिरीक्षकको नियुक्तिमा सर्बोच्च अदालतले हस्तक्षेप गरेको भन्दै महाअभियोग दर्ता गरिएको हो ।

डिआइजी नबराज सिलवालले नक्कली प्रमाण पेश गरेको र त्यसैलाई आधार मानेर प्रधानन्यायधिश कार्कीले फैसला गरेको सत्ता साझेदार दलहरुको आरोप छ ।

२ सय ५९ जना सांसदहरुको हस्ताक्षरसहित महाअभियोग दर्ता गरिएको छ । महाअभियोग प्रस्तावको प्रस्तावक कांग्रेस नेता मीन विश्वकर्मा छन् भने समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत छन् ।

पछिल्लो समय कार्यपालिकाको कामप्रति न्यायपालिकाले हस्तक्षेप गरेको भन्दै सत्तासाझेदार दलहरु असन्तुष्ट बनेका थिए ।

सरकारले जयबहादुर चन्दलाई प्रहरी महानिरिक्षकमा गरेको नियुक्ति सर्वोच्चले खारेज गर्दै नबराज सिलवाललाई प्रहरी महानिरीक्षक बनाउनुपर्ने आशयको फैसला गरेको थियो ।

महाअभियोग प्रस्ताब दर्ता भएसँगै प्रधानन्यायधीस कार्की निलम्बनमा परेकी छन् । अब उनले सर्बोच्चका कुनैपनि निर्णयमा सहभागि हुन पाउने छैनन् ।

संसदमा दर्ता भएको कार्की विरुद्धको महाअभियोगको प्रस्ताब राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पठाइएको छ ।

कार्कीको कार्यकाल आगामी जेठ २४ सम्म मात्रै थियो । उनी नेपालको पहिलो महिला प्रधानन्यायधीस हुन् । त्यसैगरी, नेपालको न्यायिक इतिहासमा प्रधानन्यायधीसलाई पहिलोपटक महाअभियोग दर्ता गरिएको हो ।


पुष्प दुलाल