महाअभियोग लागेकै दिन ३ पूर्वप्रहरी प्रमुखलाई जेल हाल्ने शुशीला कार्कीको फैसला



काठमाडौं । सार्बोच्च अदालतले नेपाल प्रहरीको बन्दोबस्तीको सामाग्री खरिदमा भ्रष्टचार गरेको भन्दै ३ पूर्व प्रहरी प्रमुखलाई  जेल सजायको फैसला गरेको छ ।

सर्बोच्चको फैसलाअनुसार पूर्वप्रहरी प्रमुखहरु ओमबिक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरीले  जेल सँजाय भोग्नु पर्ने भएको छ ।

आइतबार प्रधानन्यायधीस सुशीला कार्की र न्यायधीस विश्वम्बरप्रसाद श्रेष्ठको इजालसले यस्तो फैसला गरेको हो ।

बहुचर्चित सुडान घोटला काण्डमा २८ करोड रुपैयाँ भ्रष्टाचार भएको अदालतले ठहर गरेको छ ।

आइतबार मात्रै प्रधानन्यायधी कार्की विरुद्ध संसदमा महाअभियोगको प्रस्ताब दर्ता भएको छ । आफ्नो विरुद्धमा महाअभियोग प्रस्ताब दर्ता भएकै दिन कार्कीको इजालसले सुडान घोटला काण्डको फैसला गरेको हो ।

२०६८ साल फागुन १ गते विशेष अदालतले सुडान भ्रष्टाचार मुद्दाको फैसला गरेको थियो । फैसलामा चित्त नबुझाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी अधिकारीहरु पुनरावेदनका लागि सर्वोच्च पुगेका थिए । सो मुद्दाको सुनुवाइ आज भएको हो ।

सर्बोच्चलेराणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, गुरुङ र ठकुरी १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

त्यसैगरी पूर्वप्रहरी अधिकृत दीपककुमार श्रेष्ठ, रवीन्द्रप्रताप राणालाई ६ महिना कैद र ३० हजार जरिवाना, श्यामसिंह थापा र दीपकसिंह सांग्देनलाई १ वर्ष कैद र ४० हजार जरिवानाको फैसला गरेको छ ।

२८ करोडको अनियमिता, ३ दर्जनलाई आरोप

प्रहरीको इतिहासमा ३ जना प्रहरी महानिरीक्षक सहित २३ बहालवाला र ११ जना अवकासप्राप्त प्रहरी विरुद्द २८ करोड ८१ लाख रुपैयाँ अनियमिता गरेको आरोप सुडान घोटालामा लागेको छ ।

शान्ती मिसनका लागि प्रहरीलाई आवश्यक पर्ने बन्दोबस्तीका सामाग्री(एपीसी) खरिदमा अनियमिता गरेको भन्दै अख्तियारले २०६८ जेठ २४ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले प्रहरीको सामाग्री खरिद गर्ने जिम्मा लिएका शम्भु भारतीलाई मुद्दा दायर गरिएको थियो । प्रहरीको कल्याणकारी कोषबाट आवश्यक पर्ने सामाग्री खरिद भएको थियो ।

प्रहरीलाई सुडानमा चाहिने सामग्री यति कमसल खालको किनिएको थियो जसले गर्दा नेपालको अन्तर्राष्ट्रिय रुपमा बेइजतपनि भएको थियो ।

त्यतिबेला अख्यितारले मुद्दा चलाउने भएपछि तत्कालिन प्रहरी महानिरीक्षक रमेशचन्द्र ठकुरीलाई सरकारले सरुवा गरेर उनको स्थानमा रविन्द्र शाहलाई महानिरीक्षकमा नियुक्ती गरेको थियो ।

अख्तियारले दायर गरेको मुद्दाामा विशेष अदालतले तीनजना पूर्व महानिरीक्षकलाई दोषी दिदै सजाय सुनाएको थियो ।

विशेषले प्रहरीका पूर्वमहानिरीक्षक रमेशचन्द्र ठकुरी,हेमबहादुर गुरुङ,ओमबिक्रम राणालाई सुडान घोटालामा दोषी पाइएको भन्दै सजाय सुनाएको थियो । यस्तै ठेकेदार शम्भु, एस्योर्ड माइकल राइडरलाईपनि सजाय सुनाएको थियो ।

विशेषको फैसलापछि सजाय पाएका तीन पूर्वमहानिरीक्षक र अख्तियारले विशेषले सफाइ दिएका अन्य प्रहरी अधिकारी विरुद्द सर्बोच्चमा मुद्दा दायर गरेको थियो ।


पुष्प दुलाल