महाअभियोगमा असहमति जनाउँदै गृहमन्त्री निधीले राजिनामा दिए



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले पदबाट राजिनामा दिएका छन् ।

सत्ता साझेदार दलहरुले प्रधानन्यायधीस शुशीला कार्कीमाथि आज संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताबमाथि असहमति जनाउँदै निधिले राजिनामा दिएका हुन् ।

निधीले प्रधानन्यायधीस कार्की विरुद्धको महाअभियोग प्रस्ताबमा हस्ताक्षर गरे पनि राजिनामा दिएसँगै आफ्नो त्यो हस्ताक्षर फिर्ता लिएको घोषणासमेत गरेका छन् ।

उनले प्रहरी प्रमुख नियुक्तिलाई प्रभावित पार्न महाअभियोगको प्रस्ताव दर्ता गरिएको भन्दै राजिनामा दिएका हुन् ।

निधीले प्रचण्ड नेतृत्वको सरकार गठन गर्न मुख्य भूमिका निर्वाह गरेका थिए । सरकारमा कमल थापाको प्रवेशसँगै बरियताको विषयमा असन्तुष्टि जनाउँदै आएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग अत्यन्तै निकट मानिने निधी प्रहरी महानिरीक्षकमा सभापतिको हस्तक्षेपप्रति पनि असन्तुष्ट थिए ।


पुष्प दुलाल