भोलिदेखि एनसेलको फ्रि फेसबुक बन्द



काठमाडौं । दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलको फ्रि फेसबुक सेवा बन्द गर्ने भएको छ ।

एनसेलले आफ्ना सेवा प्रयोगकर्ताहरुका लागि उपलब्ध गराउँदै आएको निशुल्क फेसबुक सेवा यहि मंगलवार १९ गतेदेखि बन्द गर्ने सूचना ग्राहकहरुलाई दिएको छ ।

फागुन ३ गतेदेखि एनसेलको डाटाबाट फेसबुक चलाउँदा शुल्क नलाग्ने व्यवस्था गरेको थियो ।


क्लिकमान्डु