शतप्रतिशत नाफा बढाउदै ज्योतिको इपिएस दोब्बरले बढ्यो



काठमाडौं । ज्योति विकास बैंकले आफ्नो नाफा सतप्रतिशत बढाएको वित्तीय विवरण प्रकाशित गरेको छ ।

अघिल्लो वर्षको चैत मसान्तसम्ममा ८ करोड २० लाख नाफा गरेको ज्योति विकास बैंकले यो वर्ष १९ करोड २६ लाख नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

एक अर्ब १० करोड चुक्ता पुँजी भएको ज्वोति विकास बैंकले ९ अर्ब ३५ करोड निक्षेप संकलन गरेको छ भने ८ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले ब्याज आम्दानी मार्फत ३५ करोड रुपैयाँ कमाएको छ ।

सतप्रतिशतले नाफा बढाएको ज्योति विकास बैंकले प्रति सेयर आम्दानी(इपिएस)पनि दोब्बरले बढाएको छ । अघिल्लो वर्ष ११ रुपैयाँ ५८ पैसा रहेको ज्योतिको इपिएस यो वर्ष २३ रुपैयाँ ३१ पैसा रहेको छ ।


क्लिकमान्डु