पश्चिम नेपाल बस व्यवसायी संघ पूर्ण अटोमेशनमा, अनलाइनबाटै टिकट काट्न सकिने




आम यात्रुहरूलाई सहज रूपमा घरबाटै टिकट काट्न सहज होस् भन्ने उदेश्यले यस पश्चिम नेपाल बस व्यवसायी संघले अनलाईन टिकटिङको सुरू गरेको छ ।

पछिल्लो समय नेपालका हरेक क्षेत्रमा प्रविधिको प्रयोग तिब्र रूपमा बढिरहेको बेला यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुवर्गलाई सहज र स्तरिय सेवा दिनको लागि अनलाईन टिकटिङको सुरूवात गरिएको छ ।

यो सँगै अबदेखि पश्चिम नेपाल बस व्यवसायी संघबाट सञ्चालित सम्पूर्ण गाडिहरूको टिकट मोबाईल एप्लीकेशन तथा अनलाईनबाट काट्न सक्नेछन् ।   हाल पश्चिम नेपालका एसी, र डिलक्स् गाडिमा अनलाईन टिकट काट्न सकिनेछ । यो सँगै यात्रुहरूले इसेवामार्फत् अथवा नजिकको इसेवा जोन, पोइन्ट लगायत साइबर, कम्युनिकेशनबाट टिकट काट्न सक्नेछन् ।

यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी संघको मोबाईल एप्लीकेशन “PNBBS”, www.westnepalbus.com, www.esewa.com.np, www.bussewa.com लगअन गरेर टिकट काट्न सकिनेछ ।

यसका साथै पश्चिम नेपाल बस व्यवसायी संघलाई पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएको छ । राजधानी काठमाडौमा रहेको दियालो टेक्नोलोजिज प्रालि सँगको सहकार्यमा कार्यलय सञ्चालन, लेखा, चलानी, अभिलेखन तथा बीमा लगायतका सबै कार्यहरूलाई अटोमेशनमा लगिएको छ । यातायात क्षेत्रमा आधुनिक प्रणाली प्रयोग गरेर छिटो, छरितो र पारदर्शी सेवा दिनका लागि पश्चिम नेपाल बस व्यवसायी संघ अटोमेशनमा जाने नेपालकै पहिलो समिति बन्न सकेको दाबी गरेको छ ।


क्लिकमान्डु