रामदेवको पतन्जलीको गर्यो १ खर्ब ७० अर्ब रुपैयाँ कारोबार



नयाँ दिल्ली । योगगुरु बाबा रामदेवको पतन्जली आयुर्वेद गतवर्ष एक खर्ब ७० अर्ब रुपैयाँको व्यापार गरेको छ ।

वर्ष २०१६/१७ मा २०१५/१६ को तुलनामा पतन्जलीले कारोबार दोब्बरले बढाउदै एक खर्ब ६ अर्ब रुपैयाँ भारतीय रुपैयाँको कारोबार गरेको हो । नेपाली रुपैयाँमा परिवर्तन गर्दा पतन्जलीले गत आर्थिक वर्षमा एक खर्ब ७० अर्ब रुपैयाँको कारोबार गरेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा पतन्जलीको कारोबार ५० अर्ब भारतीय रुपैयाँ अर्थात ८० अर्ब रुपैयाँ थियो ।

कम्पनीले पछिल्लो १० वर्षमा भारतीय एफएमजी क्षेत्रमा सबैभन्दा ठूलो फड्को मारेको छ । ठूलो बहुराष्ट्रिय कम्पनीलाई गाली गर्ने रामदेवले पत्रकार सम्मेलनमा ती कम्पनी गाली गर्न भने छाडेनन् । तर,पतन्जली अहिले आफै ठूलो बहुराष्ट्रिय कम्पनी बनेको छ । सन् २०१०÷११ मा पतन्जलीले जम्मा ८९ करोड नेपाली रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले घिउँको व्यापारबाट मात्र एक खर्ब १४ अर्ब ६७ करोड भारतीय रुपैयाँको कारोबार गरेको छ । यस्तै टुथपेस्टमा ९ अर्ब ४० करोड भारतीय रुपैयाँको कारोबार गरेको छ ।

बाबा रामदेवले पत्रकार सम्मेलनमा भने,‘ पतन्जली आयुर्वेदले २०१६÷१७ मा एक खर्ब ६ अर्ब भारतीय रुपैयाँको कारोबार गरेको छ,जसमा टुथपेस्ट सेगमेन्टमा ९ अर्ब ४० करोड भारतीय रुपैयाँको छ,यस्तै कपालमा लगाउने तेलमा ८ अर्ब २५ करोड भारु तथा फेसवासमा २ अर्ब २८ करोड भारुको कारोबार गरेको छ।’

कम्पनीले बास्नादार कपालमा लगाउने नयाँ तेलपनि बजारमा ल्याउने जनाएको छ ।

रामेदवका अनुसार कम्पनीसँग ३ देखि ४ खर्ब भारतीय रुपैयाँको उत्पादन क्षमता रहेको यसलाई ६ खर्ब रुपैयाँ भारतीय रुपैयाँमा पुर्याउने लक्ष्य राखिएको छ ।

उनले नोयडामा नयाँ युनिट लगाउने र यसको क्षमता २ खर्ब भारु देखि साढे २ खर्ब भारतीय रुपैयाँ बराबरको उत्पादन क्षमता हुने जाननकारी दिए । ‘पतन्जली २ वर्षमा सबैभन्दा ठूलो स्वदेशी ब्राण्ड बन्ने छ।’,उनले पत्रकार सम्मेलनमा भने ।

बाबा रामदेवले युद्दमा मारिएका भारतीय सैनिकमा बालबच्चालाई बढाउनको लागि पतन्जली आवासीय सैनिक स्कूल खोल्ने जानकारी दिए । एक हजार विद्यार्थीलाई पढाउन मिल्नेगरी विद्यालय खोल्ने उनले बताए ।

बाबा रामदेवले पतन्जली ट्रष्टका महामन्त्री आचार्य बालकृष्णसँग मिलेर सन् २००६ मा पतन्जली आयुर्वेद लिमिटेडको सुरुवात गरेका थिए ।

सुरुवातमा पतन्जलीले आयुर्वेद दवाई र एफएमजीसी उत्पादन गरेका थिए । सन् २०१० मा आफ्नो रिटेल कारोबार बढाउन कम्पनीले सुरु गरेको थियो ।

एक खर्ब भारतीय रुपैयाँको कारोबार गर्ने पतन्जलीको उत्तराधिकारी साधु नै हुने बाबा रामदेवले पत्रकार सम्मेलनमा जानकारी दिए । बिजनेश भाष्कारबाट साभार


क्लिकमान्डु