भारतीय मदिरा ब्राण्ड ‘अफिसर्स च्वाइस ब्लू’ नेपाल भित्रियो



काठमाडौं । भारतीय मदिरा ब्राण्ड अफिसर्स च्वाइसले नेपाली बजारमा आफ्नो उपस्थिती दर्शाएको छ । एलाइड ब्लेण्डर्स एण्ड डिस्टिलर्स प्रालि (एबिडी)ले आफ्नो डिलक्स ह्विस्की ब्राण्ड अफिसर्स च्वाइस ब्लू शुक्रबार एक कार्यक्रमका बिच नेपालमा सार्वजनिक गरेको हो ।

गत अंग्रेजी वर्ष कम्पनीले ३ करोड ३२ लाख केस बिक्री गर्न सफल भएको थियो भने  विश्वका २६ मुलुकहरु बिक्री बितरण हुँदै आएको जानकारी दिएको छ ।

यसको आफ्नो फ्ल्यागशिप ब्राण्ड अफिसर्स च्वाइस ह्विस्की विश्वमा सबैभन्दा धेरै बिक्री हुने ह्विस्की ब्राण्डका साथै विश्वमा दोस्रो सबैभन्दा धेरै बिक्री हुने मदिरा ब्राण्ड पनि भएको कम्पनीले दाबी गरेको छ ।

कार्यक्रममा कम्पनीका बजार प्रबन्धक अहम रहेमतुल्लाले कम्पनीले व्यवसायीकतालाई ध्यान दिँदै विश्वभर बजार बिस्तार गरिरहेको जानकारी दिए । उनकाअनुसार कम्पनीले भारतको कुल बजार हिस्साको ४० प्रतिशत ओगटेको छ ।

कार्यक्रममा नेपाली बजारमा प्रिमियम ह्विस्की ब्राण्ड अफिसर्स च्वाइस ब्लू उपलब्ध भएको घोषणा गरियो ।


क्लिकमान्डु