भुकम्प पिडितलाई दिने ट्याक्सी जेठको दोस्रो साता बितरण हुने




काठमाडौं । सरकारले भूकम्प पिडितलाई दिने भनेको १५ सय ट्याक्सी जेठ १३, १४ र १५ गते च्यासल ग्रउन्डमा गोलाप्रथा द्धारा बितरण गर्ने भएको छ ।

२०७३ साउन ५ गतेदेखि भदौं ५ गतेसम्म निबेदन दिएका करिब ५१ हजार आबेदन कर्तामध्ये १५ सयलाई ट्याक्सी बितरण गर्न लागिएको हो ।

भुकम्पबाट अति प्रभाबित रसुवा, धादिङ, गोरखा, सिन्धुपाल्चोक, दोलखा, काठमाडौं, नुवाकोट, मकवानपुर, काभ्रेपलाञ्चोक, ललितपुर र भक्तपुरका भुकम्प पिडितले नयाँ ट्याक्सीको लागी आबेदन दिएका थिए ।


क्लिकमान्डु