देशमा अराजनीतिक गतिविधी बढेको उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरुको निष्कर्ष



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरुले पछिल्लो समय देशमा अराजनीतिक गतिविधी बढेको निष्कर्ष निकालेका छन् ।

महासंघका पूर्व अध्यक्षहरुले केहि समय यता देखि देशमा बिकसित विद्यमान परिस्थिति अनि व्यबस्थापिका , कार्यपालिका एबं न्यायपालिका बीच शक्ति असन्तुलनका कारण देखिएको राजनीतिक अबस्थाका बिषयमा छलफल गर्न बसेको नेपाल उद्योग बाणिज्य महासंघको पूर्व अध्यक्क्षहरुको बैठकमा निजीक्षेत्रत्रको भूमिका र समग्र आर्थिक छेत्रको सम्बन्धमा चिन्ता र चासो ब्यक्त गरेको छ ।

अराजनीतिक गतिविधिहरु बढ्दै जादा यसले समस्त देशलाई अन्योल र अब्यबस्था तिर दोहर्याउने र यसको प्रत्यक्क्ष असर आर्थिक गतिविधिमा पर्ने तर्फ़ बैठकले सबैको ध्यानाकर्षण गराएको छ ।

सरकारी र दातृ निकायका प्रतिवेदनले ६ प्रतिशत भन्दा माथिको आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको सन्दर्भमा राजनीतिक अस्थिरताको घटनाले नकारात्मक असर गर्ने तर्फ सबैको चिन्ता हुनुपर्ने औल्याएको छ ।

साथै प्रजातन्त्रको न्युनतम मूल्य र मान्यतालाई समेत आघात पुग्ने कदम कसैबाट हुन नहुने विचार बिच आगामी दिनहरु अझै चुनौतिपूर्ण रहने हुनाले सबैले संयम र धैर्यका साथ् कदम चल्न सम्बन्धित सबैमा पूर्व अध्यक्षहरुले आग्रह गरेका छन् ।

बैठकमा महासंघ पूर्व अध्यक्क्ष महेश लाल प्रधान , पद्म ज्योति , रबि भक्त श्रेष्ठ , बिनोद बहादुर श्रेष्ठ , कुश कुमार जोशी , सुरज बैद्य, पूर्व बरिष्ठ उपधक्क्ष, भाष्कर राज राजकर्णिकार , पूर्व उपधक्क्ष आजद श्रेष्ठको उपस्थिति थियो ।


क्लिकमान्डु