सनराइज बैंकको ३० प्रतिशत हकप्रदको लागि बुकक्लोज



काठमाडौं । सनराइज बैंकले ३० प्रतिशत हकप्रद निष्काशनका लागि आगामी बैशाख ३० गते बुकक्लोज गर्ने भएको छ । यसको मतलब बैंकको हकप्रद शुरक्षित गर्न बैशाख २९ गतेसम्म सेयर किन्नुपर्ने भएको छ ।

बैंकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतको हिसाबले १ करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । ३० प्रतिशत हकप्रद पछि बैंको पूँजी ७ अर्ब भन्दा बढि हुनेछ । हाल बैंकको पूँजी ५ अर्ब ४५ करोड रुपैंयाँ रहेको छ । राष्ट्र बैंकले तोके बमोजिम ८ अर्ब रुपैंयाँ पूँजी पुर्याउन बैंकले थप १२.८५ प्रतिशतले पुँजी बढाउनुपर्नेछ ।

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ८५ करोड ७९ लाख रुपैंयाँ खुद नाफा गरेको छ ।


क्लिकमान्डु