उद्योगको सुरक्षा गर्न सिएनआईको आग्रह



काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले उद्योगको सुरक्षा गर्न सरकारसँग माग गरेको छ ।

सिएनआईले विज्ञप्ती जारी गर्दै शिवम सिमेन्टको चुनढुङ्गा खानीमा प्रयोगमा ल्याइएको पाँच थान एक्साभेटर बिहीवार अज्ञात समुहले आगलगी गरेर पाँच करोडको क्षती पुर्याएको उद्योग संचालनमा सुरक्षाको प्रश्न उठेको बताएको हो ।

यस्ता घटना क्रमले स्वदेशी एवं विदेशीलगानीकर्ताहरुमा समेत प्रतिकूल सन्देश फैलने भएकोले यस प्रकारका अवान्छित गतिविधिमा संलग्नव्यक्तिवा समूहको पहिचान सहित उनीहरुलाई उचित कारवाही गर्न र उद्योगमा पर्न गएको हानी नोक्सानीको क्षतिपूर्ति सहितकामदार÷कर्मचारी एवं उद्योग प्रतिष्ठानको सुरक्षाको पूर्ण प्रत्याभूति सरकारबाट गर्ने व्यवस्था मिलाइउन सिएनआईले ध्यानाकर्षण गराएको छ ।


क्लिकमान्डु