सन् २०२२ को विश्वकप कतार एअरले प्रायोजन गर्ने



बहराइन । सन् २०२२ मा खाडी मुलक कतारमा आयोजना गरिने विश्वकप फुटबल प्रतियोगिताको प्रयोजन गर्ने भएको छ ।

आइतबार विश्व फुटबल महासङ्घ (फिफा)को नेतृत्व बहराइनमा वार्षिक कार्यक्रममा हुने शिलशिलामा सन् २०२२ का लागि प्रयोजनका लागि कतार र फिफा एअरले हस्ताक्षर गरिसकेको घोषणा गरिएको छ ।

सन् २०१४ को विश्वकपमा दुवईस्थित इमिरेट्स विमान कम्पनीले प्रायोजन गरेको थियो । सन् २०१४ पछि फिफाद्वारा खेलाइने विश्वकप फुटबलको प्रयोजनाका लागि कसैले इच्छा व्यक्त गरेका थिएन ।

फिफाले हालै आफ्नो खर्च विवरण सार्वजनिक गर्दै सन् २०१६ मा ३६ करोड ९० लाख अमेरिकी उत्तर घाटा वेहोरेका जनाएको थियो ।

पछिल्लो समय फिफामा मौलाएको भ्रष्टाचार प्रकरणका कारण फिफालाई आवश्यक पर्ने आर्थिक सहयोग प्रदान गर्ने संस्थाको खडेरी देखिएको थियो । रासस/एपी


क्लिकमान्डु